भारत र चीनमा रुसबाट ८० प्रतिशत कच्चा तेल निर्यात!

रुसले मे महिनामा आफ्नो कुल निर्यातको ८० प्रतिशत कच्चा तेल भारत र चीनमा निर्यात गरेको छ। अहिले पनि यी दुई देश रूसबाट सस्तो कच्चा तेल ल्याउने सबैभन्दा ठूलो आयातकर्ताहरू भएकाे अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को प्रतिवेदनमा बताइएको छ । चीन र भारत दुवै विश्वका दुई ठूला कच्चा तेल आयातकर्ता पनि हुन्।

रुसबाट भारतको कच्चा तेल आयात झण्डै शून्य थियो, जुन अहिले बढेर प्रतिदिन २० लाख ब्यारेल पुगेको छ । यस्तै चीनले आफ्नो आयात प्रतिदिन ५० लाख ब्यारेलबाट बढाएर २२ लाख ब्यारेल प्रतिदिन पुर्याएको छ । अप्रिलको तुलनामा भारतको रुसी तेल आयात १४ प्रतिशत बढी रहेकाे छ र अन्य देशहरूमा रुसी कच्चा तेलकाे आयातमा पनि यो नयाँ रेकर्ड पनि हो ।

यसअघि रुसको तेलको खरिद गर्ने शिर्ष राष्ट्र युरोप थियो। तर, युक्रेनमाथि रुसले आक्रमण गरेपछि युरोपले रुसबाट तेल खरिद गर्न बन्द गरेको थियो । अहिले रुसकाे तेलको ९० प्रतिशतभन्दा बढी तेल एसियामा निर्यात हुने गरेकाे छ। जुन युद्ध अघि ३४% मात्र थियाे ।

Comments

Back to top