युरोपियन सेन्ट्रल बैंकले फेरि बढायो ब्याजदर

विश्वको दिग्गज केन्द्रीय बैंकमध्ये एक युरोपियन सेन्ट्रल बैंकले फेरि ब्याजदर बढाएको छ। 

युरोपियन सेन्ट्रल बैंकले ब्याजदर २५ बेसिस प्वइन्ट्सले बढाएर ४ प्रतिशत कायम गरेको छ। यसका साथै युरोपियन सेन्ट्रल बैंकले डिपोजिट फेसिलिटी रेट पनि २५ बेसिस प्वइन्टको बढाएर ३.५ प्रतिशत पुर्याएको छ। मार्जिनल लेन्डिङ रेट पनि २५ बेसिस प्वइन्टले बढेर ४.२५ प्रतिशत पुगेको छ। 

महँगी नियन्त्रण युरोपियन सेन्ट्रल बैंकका लागि निकै चुनौतीपूर्ण बनेको छ। युरोपमा सन् २०२३ मा औसत महँगी दर ५.३ रहने अनुमान गरिएको छ। सन् २०२४ मा घटेर ३ प्रतिशत र २०२५ मा २.२ प्रतिशतमा आउने प्रक्षेपण गरिएको छ। 

युरोपियन सेन्ट्रल बैंक भने महँगी दर २ प्रतिशत कायम गर्ने लक्ष्य राखेको छ। –एजेन्सी

Comments

Back to top