नेपाल बन सेवाले माग्यो भारीमात्रमा कर्मचारी

नेपाल बन सेवाले रिक्त रहेका पदहरुका लागि लोक सेवा आयोग मार्फत पदपुर्ति गर्ने जनाएको छ । लोकसेवाले २४७ जना कर्मचारी माग गरेको हो ।

आयोगका अनुसार न्यूनतम योग्यता पुगेका ईच्छुक उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । आवेदन असार १९ गतेसम्म दिन सकिने छ । दोब्बर दस्तुरमा भने असार २६ गतेसम्म आवेदन दिन सकिने आयोजले जनाएको छ । प्रत्येक विज्ञापनका लागि २ सय रुपैयाँ दरखास्त दस्तुर बुझाउनु पर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि एक सय रुपैयाँ थप दस्तुर बुझाउनु पर्नेछ ।

Comments

Back to top