जापानको सेयर बजार ३३ वर्षपछिकै उच्च विन्दुमा

जापानको सेयर बजार ३३ वर्षपछिकै उच्च विन्दुमा पुगेको छ। यद्यपि जापानको सेयर बजारले यसअघिको अल टाइम हाई भने ब्रेक गरिसकेको छैन। 

जापानको सेयर बजार निक्की–२२५ले सन् १९९० मा हालसम्मकै उच्च विन्दु ३९ हजार ४३ चुमेको थियो। त्यसपछि १३ वर्ष अर्थात २००३ सम्म निरन्तर घटेर बजार ७ हजारको विन्दुसम्म आइपुगेको थियो। 

फेरि सन् २००७ को अगस्टमा १८ हजारसम्म पुगेको जापानको सेयर बजार सन् २००९ मा पुनः खसेर ७ हजारकै आसपास आएको थियो। 

त्यसपछि करिब ४ वर्ष साइडवेज चलेको जापानको सेयर बजार २०१२ को अगस्टदेखि भने निरन्तर अप ट्रेन्डमा चलेको थियो। करिब ८ हजारको विन्दुबाट निरन्तर उकालो यात्रा तय गरेको निक्की–२२५ आज ३३ हजार १८ मा पुगेको छ। जुन ३३ वर्षपछिकै उच्च विन्दु हो।

हाल जापानको सेयर बजारमा वारेन बफेट, जेपी मर्गनलगायतका दिग्गज अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित भएका छन्।

Comments

Back to top