सुनवाई समितिमा न्यायधिस कार्कीका उजुरीकर्तासँग छलफल हुने
आज संसदीय सुनवाई समितिको बैठक बस्दैछ ।
सर्वोच्च अदालतका प्रधानन्यायधिसमा सिफारिस हरिकृष्ण कार्की बिरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो ।
संघीय संसद सचिवालयका उपसचिव बिमला घिमिरेका अनुार बैठक ११ बजे सिंहदरवारमा बस्नेछ ।
सर्वोच्च अदालतका न्यायधिस कार्कीलाई संबैधानिक परिषदले प्रधानन्यायधिसका लागि सिफारिस गरे पछि संसदीय सुनवाई समितिले सुनवाई सुरू गरेकाे छ ।
उनी बिरूद्द समितिमा २९ वटा उजुरी परेको छ ।
Comments