युरोपमा मन्दी झन् चुलिदै, युरोजोनको आर्थिक गतिविधि खुम्चियो!

महँगीका कारण युरोपका २० देशहरूको अर्थतन्त्र खुम्चिएको छ । रुस–युक्रेन युद्धले इन्धनको मूल्य महँगिदै गएका कारण युरोपियन मुलुकहरूमा खाद्यान्नको भाउ बढेको छ । महँगीले उपभोक्ताको क्रयशक्ति घट्दा युरोजोनको आर्थिक गतिविधि खुम्चिएको हो ।

सन् २०२३ को जनवरी–मार्च त्रैमासमा युरोपका २० देशहरूको अर्थतन्त्र शून्य दशमलव एक प्रतिशतले खुम्चिएको तथ्यांकले देखाएको छ । त्यसअघि, सन २०२२ को अन्तिम त्रैमास (अक्टुबर–डिसेम्बर)मा युरोपको अर्थतन्त्र ऋणात्मक थियो । लगातार दुई त्रैमासमा अर्थतन्त्र खुम्चिएकाले युरोजोन देशहरूमा चरम आर्थिक मन्दी देखा पर्नसक्ने आकलन गरिएको छ ।

युरोजेन देशहरूमध्ये सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीमा आर्थिक क्रियाकलाप खस्किएपछि युरोपभर मन्दी निम्तिएको देखिन्छ । जनवरी–मार्च त्रैमासमा जर्मनीको अर्थतन्त्र शून्य दशमलव तीन प्रतिशतले खुम्चिएको छ । युरोपमा घरपरिवारको खर्च पनि शून्य दशमलव तीन प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।

Comments

Back to top