"एप्पल भिजन प्रो" आँखा र हातको चालबाट चल्ने हेडसेट सार्वजनिक!

एप्पलकाे नयाँ डिभाइस "एप्पल भिजन प्रो" ले  पुनः एक पटक टेक संसारमा तहल्का मच्चाएकाे छ । विश्वभरका उपभाेक्ता लामाे समयदेखि एप्पलकाे नयाँ हेडसेट "एप्पल भिजन प्रो" सार्वजनिक हुने दिनकाे प्रतिक्षामा थिए ।

कम्पनीको वार्षिक विश्वव्यापी डेभलपर्स सम्मेलनमा सार्वजनिक गरिएकाे भिजन प्रोले अब हाम्रो वरपरको संसारलाई हेर्ने र अन्तरक्रिया गर्ने तरिकामा परिवर्तन ल्याउने भएकाे छ।

एप्पल भिजन र भिजन प्लसकाे सफलतापछि विकास गरिएकाे हेडसेट भिजन प्राेले अग्मेन्टेड रियालिटी (AR) लाई नयाँ उचाइमा पुर्‍याएकाे छ। नयाँ प्रविधि र यसको पातलो डिजाइनका साथै, यस डिभाइसकाे लक्ष्य भर्चुअल र वास्तविक संसारलाई जाेड्ने रहेको छ। यसले प्रयोगकर्ताहरूका लागि सम्भावनाको नयाँ संसारकाे ढाेका खाेलेको छ।

एप्पल भिजन प्राे २०२४काे सुरुवातमा बजारमा आउने भएकाे छ । यसको अनुमानित मूल्य तीन हजार ४९९ डलर रहेकाे छ । आउँदो महिनामा प्रि-अर्डर सुरु हुने अनुमान गरिएको छ । इच्छुक मानिसहरू यस अत्याधुनिक उपकरण प्रयाेग गर्न व्यग्र प्रतिक्षामा रहेका छन्।

एप्पल भिजन प्रोले अग्मेंटेंड रियलिटीको भविष्यकालागि प्लाटफर्म तयार गरेसँगै इनाेभेसनकाे सीमालाई थप अघि बढाउँदै एप्पल इंक टेक्नोलोजी उद्योगमा एक लिडरको रूपमा स्थापित भइरहेकाे छ ।

एजेन्सी

Comments

Back to top