हिडनबर्गको रिपाेर्टपछि ५० प्रतिशतले टिङ्गोको शेयरमा गिरावट

अमेरिकी फर्म हिडनवर्गको प्रतिवेदनपछि कृषि फिनटेक कम्पनी टिङ्गो ग्रुपको शेयर करिब ५० प्रतिशतले घटेको छ । हिडनबर्गले अमेरिकामा रहेकाे सर्ट सेलर कम्पनी र यसका संस्थापक डोजी मोम्बोसीमाथि गम्भीर आरोप लगाएको छ । टिङ्गो समूहको वित्तीय अवस्थामाथि प्रश्न उठाउनुकासाथै हिडनबर्गले यसलाई स्क्यामकाे नाम दिएकाे छ ।

टिंगाे ग्रुप अफ्रिका, दक्षिण -पूर्वी एशिया र मध्य पूर्वमा सञ्चालित छ। यस कम्पनीले मुख्यतया नाइजेरियामा खेती र खाद्य प्रशोधन व्यवसायमा केन्द्रित मोबाइल प्रविधि र भुक्तानी व्यवसाय सञ्चालन गर्दछ। अर्बपति मोम्बोसी नियमित रूपमा संचारमाध्यमहरूमा देखा परिरहेका हुन्छन्। यस वर्षकाे सुरूवातमा फुटबल टोली शेफिल्ड युनाइटेड खरिद गर्ने प्रयास गरेपछि उनले हेडलाइनहरू पनि तताएका थिए। 

के लेखियाे हिडनबर्गकाे रिपाेर्टमा ?

हिडनबर्ग कम्पनीको खातामा 'रेड फ्ल्याग' भेटिएकाे छ। यसको वित्तीय विवरणहरूमा धेरै त्रुटिहरू र टाइपहरू छन्। हिडनबर्गका अनुसार मोम्बोसीले नाइजेरियाको पहिलो मोबाइल भुक्तानी एप विकास गरेको दाबी गरेको छ। यद्यपि हिडनबर्गले एपको वास्तविक क्रिएटरलाई सम्पर्क गर्दा एप सिर्जना गरेको मोम्बोसीको दाबीलाई उनले पूर्ण रूपमा गलत भनेका छन्।

प्रतिवेदनका अनुसार आफ्नो मोबाइल ह्याण्डसेट लीजिङ, कल र डाटा व्यवसायबाट गत वर्ष १२८ मिलियन डलर राजस्व आर्जन गरेको कम्पनीले दाबी गरेको छ । यी सेवाहरू नाइजेरियामा एयरटेलसँगको सम्झौता मार्फत प्रदान गरिन्छ। कम्पनीले दाबी गरेको इजाजतपत्रको प्रकार जुन २०२३ सम्म दर्ता नभएको हिडनबर्गले बताएकाे छ।

हिडनबर्ग प्रतिवेदनले टिङ्गोको वित्तीय र व्यापार सञ्चालनको बारेमा प्रश्न उठाएकाे छ। कम्पनीको खाद्य युनिट टिङ्गो फुड्सले आफ्नै खाद्यान्न प्रशोधन सुविधा नभए पनि ठूलो आम्दानी गरेको दाबी गरेको छ । प्रस्तावित खाद्यान्न प्रशोधन युनिटको साइटमा बिलबोर्ड बाहेक प्रगतिको अन्य कुनै संकेत नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

टिङ्गो समूहले हिडनबर्गको दावीलाई खण्डन गर्दै रिपोर्टमा धेरै तथ्यात्मक रूपमा गलत र भ्रामक कथनहरू भएकाे बताएकाे छ । विश्वभरका विभिन्न बजारमा टिङ्गो ग्रुपले गरिरहेको सकारात्मक कामलाई कमजोर पार्न यो एउटा जानीजानी प्रयास भएको देखिएकाे कम्पनीकाे भनाइ छ ।

हिडनबर्ग अनुसन्धानकाे प्रतिवेदनले आफ्नै विचार प्रस्तुत गर्ने र यो सर्ट सेलिङबाट नाफा उठाउनका लागि डिजाइन गरिएको टिङ्गाेकाे भनाइ छ । हिडनबर्गकाे अनुसन्धानले आफ्नो आरोप प्रमाणित गर्न कम्पनीसम्म पुग्ने प्रयास नगरेकाे भन्दै कम्पनीले पुष्टि गर्न सक्ने समेत दावी गरेकाे छ ।

Comments

Back to top