उपकार लघुवित्तले कर्मचारी माग्यो
उपकार लघुवित्त वित्तीय संस्थाले २ पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले सहायक प्रबन्धक र जुनियर फिल्ड सहायक पदको लागि कर्मचारी मागेको हो ।
उक्त पदको लागि शैक्षिक योग्यता सहायक प्रबन्धकको लागि अर्थशास्त्र, व्यावस्थापन, कानुन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । जुनियर फिल्ड सहायक पदको लागि +२ उत्तीर्ण गरेको र बैंक तथा वित्तीय संस्थामा २ वर्ष काम गरेकोे अनुभव हुनुपर्नेछ ।
अनुभव पुगेको इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी असार ५ गतेभित्र संस्थाको केन्द्रीय, शाखा कार्यालयमा तथा वेबसाइट
www.ulbsl.com.np मार्फत आवेदन पेश गर्ने सकिनेछ l
Comments