अन्खुखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर १५०%मा परिमार्जन !
अन्खुखोला हाइड्रोपावर कम्पनी लिमिटेड (AKJCL) को हकप्रद अनुपात २००% बाट १५०% मा परिर्वतन भएको छ ।
अन्खुखोला हाइड्रोपावर (एकेजेसीएल) को जेठ १७, २०८०मा बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीमा १५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
यसअघि २०७९ बैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गणेश हिमाल हाइड्रोपावरको २० मेगावाटको अन्खु खोला–२ जलविद्युत आयोजनामा कम्पनीले कम्तीमा ६० प्रतिशत शेयर लगानी गर्न सक्ने गरी १ः२ हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको थियो र उक्त निर्णय विद्युत नियमन आयोगबाट स्वीकृतिका लागि पेस गरिएको थियो ।
नेपाल धितोपत्र बोर्ड (SEBON) बाट स्वीकृति र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र हकप्रद निष्कासन गरिने छ ।
Comments