नेप्से सूचक १६.५४ अंकले बढ्यो तर १८७६मा रिजेक्सन !

बिहीबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणपछि भारी गिरावट आएको नेप्से सूचक बिहीबार १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ ।

अघिल्ला दिनको तुलनामा बिहीबार कारोबार रकम भने घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । यस र्यालीमा महत्तोपूर्ण सपोर्ट मानिएको बिन्दु १८७५ले नै आज रेसिस्ट्यान्सको भूमिका खेलेको छ।  सूचक बढेर १८७६.७४मा पुगे पनि सो बिन्दुबाट करेक्सन आउदा बजार १८६६मा पुगी बन्द भएको हो।  आउने कारोबार दिनमा यस बिन्दुलाई भोल्युम सहित ब्रेक आउट दिए मात्र बजार माथि जाने देखिन्छ।  
नेप्सेमा रहेका सबै उपसूचकमा बिहीबार हरियाली छाएको छ । सर्वाधिक निर्जीवन बिमा उपसूचक १.९३ प्रतिशत र होटल तथा पर्यटन उपसूचक १.४९ प्रतिशतल बढेको छ । सर्वाधिक प्रभु बैंकको प्रोमोटर शेयर २३ करोड २१ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको ११ करोड २५ लाख, एनआइसी एशिया बैंकको ४ करोड ५५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ४१ लाख र निर्धन उत्थान लघुवित्तको ३ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Comments

Back to top