क्लासिक टेकले ग्राहक सपोर्ट लाई प्राथमिकता दिँदै नयाँ आउटलेट विस्तार गर्दै!

मुलकको अग्रणी दाबी गरिएको इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले ग्राहक सपोर्ट लाई प्राथमिकता दिँदै नयाँ आउटलेट विस्तार र प्रयोगकर्ता–मैत्री एप डिजाइनलाई निरन्तरता दिएको जनाएको छ ।

क्लासिक टेकले हालै काठमाडौंका आधा दर्जन बढी आउटलेट विस्तार गर्दै ग्राहक लाई थप गुणस्तरी सेवाको प्रतिवद्धता व्यक्त गरेको हो ।

योसँगै कम्पनीको मुलुभर १ सय ४ आउटलेट पुगेको र यसबाट अझ प्रभावकारी एवं चुस्त दुरुस्त सेवा प्रदान गर्न सहज हुने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले ग्राहक सेवाका लागि सञ्चालनमा ल्याएको क्लासिक टेक मोबाइल एप अत्यन्त सुविधाजक एवं प्रयोगकर्ता-मैत्री रहेको दाबी पनि गरेको छ ।

Comments

Back to top