बजेटको बहानामा बजारमा मास सेल अफ !
१९४४.०३मा ओपेनिङ्ग दिएको नेप्सेमा पहिलो मिनेट देखि नै बिक्रि चाप आउदा बजारले ५३.१३ अङ्क गुमाउदै १८८८.६१मा क्लोजिङ्ग दिएको छ। बजेटमा पुँजीबजारको हितका लागि केहि सम्बोधन हुने अपेक्षा राखेका लगानीकर्ताले सोहि अनुसारको बजेट नपाउदा लगानीकर्तामा प्यानिक आएको जानकार बताउछन। टेक्निकल दृष्टिकोणबाट बजारलाई हेर्ने हो भने बजारले आइतबार नै २०० दिनको मुभिङ्ग एभेरेजबाट रेसिस्ट्यन्स लिएर बजार घट्ने संकेत दिइ सकेको थियो। हालसम्म बजेटले कहिलेपनि पुँजीबजार सम्बोधन नगरेको खण्डमा यो बजेटमा गरिने अपेक्षा राखेर सेयर खरिद गर्नु नै गलत रहेको देखिन्छ।
बजारमा अबको सपोर्ट १८७५को एरिया रहेको देखिन्छ भने बजारलाई उक्त एरियाले धान्न नसके बजारमा नँया लो बन्ने सक्ने सम्भावना ठुलो रहेको देखिन्छ। सुरक्षित लगानीका लागि बजार १९७० (२०० दिनको मुभिङ्ग एभेरेज) भन्दा माथि स्टेबल भएपछि मात्र खरिद गर्नु उचित देखिन्छ।
Comments