नेप्सेमा भारी अंकको गिरावट, कारोबार रकम २ अर्ब ३४ करोड १७ लाख!

आज मंगलबार ५३.१६ अङ्कले घटेर २.७४% गिरावटका साथ नेप्से परिसूचक १८८८.६१ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७५ कम्पनीमध्ये ९ कम्पनी उकालो लागेका छन्, २०७  कम्पनी ओरालो लागेका छन् भने ३  कम्पनी स्थिर रहेका छ।

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा आत्मनिर्भर लघुवित्त रहेको छ जसको १० % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा श्वेत-गंगा हाईड्रोपावर छ जसको सेयर मूल्य ९.२६% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा शिवम सिमेन्ट्स र भोल्यूममा ग्लोबल आइ एम ई बैंकको कारोबार भएको छ। 

Comments

Back to top