बजारले दियो २०० दिनको मुभिंग एभेरेजबाट करेक्सन !

१९६०.९५मा ओपेनिङ्ग दिएको नेप्सेले २०० दिनको मुभिंग एभेरेजसम्म इन्ट्राडे हाइ बनाएर करिब १७ अङ्क गुमाएको छ।  १९७७को एरियासम्म बजार पुगे पनि सो एरियाबाट व्रिकी चाप आए पश्चात बजारले ०.८९ प्रतिशत गुमाउदै १९४१.७४मा क्लोजिङ्ग दिएको हो।  
सात दिन लगातार बढिरहेको बजारमा करेक्सन जरुरी भएता पनि २००दिनको मुभिंग एभेरेजबाटै करेक्सन आएकाले लगानीकर्तामा ठुलो भय बढेको छ।  कारोबार रकम पनि आज बढेर २ अर्ब ६४ करोडसम्म पुगेको छ जुन २००दिनको मुभिंग एभेरेज कारोबार रकम (१ अर्ब ७३ करोड) भन्दा धेरै हो।  बजारमा कारोबार रकम बढ्नुका साथै इन्भार्स ह्याम्मरको सेन्टिमेन्ट भएको क्यान्डल बन्नुले बजार केहि दिन अब करेक्सनको बाटोमा रहने अनुमान लगाउन सकिन्छ।  
बजारलाई १९००-१८७५को एरियाले सपोर्ट मानेको खण्डमा भने नँया लगानीका लागि रणनिती बनाउन सकिन्छ।  

Comments

Back to top