पिपुल्स पावर लिमिटेडले सार्वजनिक गर्यो तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण !
पिपुल्स पावर लिमिटेडले तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ४६ लाख ४८ हजार रुपैयाँ घाटा व्यहोरेको हो। यही आर्थिक वर्षको दोस्रो त्रैमासमा भने कम्पनीले ४१ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने बढेर १ करोड ७७ लाख रुपैयाँ भएको छ। अघिल्लो त्रैमासमा विद्युत बिक्रीबाट कम्पनीले १ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्तापुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको तेस्रो त्रैमासमा रिजर्भ १ करोड ९० लाख रुपैयाँले ऋणात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.७३ रुपैयाँले ऋणात्मक रहेको छ। सेयरको बजार मूल्य २८० रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९६.९९ रुपैयाँ रहेको छ।
Comments