अजोड इन्सुरेन्स र युनाईटेड इन्सुरेन्सको कारोबार नेप्सेमा रोक्का !
युनाइटेड इन्स्योरेन्स कम्पनी(यूआईसी) र अजोड इन्स्योरेन्स लिमिटेड (एआईएल) बीच मर्जरको अन्तिम प्रक्रिया हालै सम्पन्न भएको छ । तसर्थ मर्जर तथा प्राप्ति निर्देशन ऐन २०७९ को दफा ९(२) बमोजिम नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दफा ९ बमोजिम २०८० जेठ १४ गतेदेखि कम्पनीको शेयर कारोवार रोक्का गर्न सर्कुलर जारी गरेको छ। मर्जर सम्झौता बमोजिम मर्जरबाट बन्ने नयाँ कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड राख्ने सहमति भएको छ । कम्पनीले जेठ १४ गतेदेखि संयुक्त कारोबार सुरु गर्नेछन् ।
अजोड इन्स्योरेन्सका वर्तमान अध्यक्ष अजद श्रेष्ठ नयाँ कम्पनी युनाइटेड अजोड इन्स्योरेन्सको अध्यक्ष हुनेछन् । यसैबीच सीईओको जिम्मेवारी श्रवण रावलले सम्हाल्ने छन् ।
अजोड इन्स्योरेन्सका वर्तमान प्रमुख कार्यकारी अधिकृतलाई मर्जर भएको कम्पनीको डेपुटी सीईओमा नियुक्त गरिने छ ।
Comments