नेसनल र समिट लघुवित्तको मर्जरका लागि सेयर स्वाप अनुपात परिवर्तन !

नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरका लागि सेयर स्वाप  अनुपात परिवर्तन गरिएको छ। 

दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदन सिफारिसबमोजिम सेयर स्वाप रेसियो निर्धारण गरिएको हो। जसअनुसार नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच १ः०.७३ सेयर स्वाप रेसियोमा मर्जर हुने निर्णय संयुक्त मर्जर समितिले निर्णय गरेको छ। यस अघि यी दुइ कम्पनि बीच स्वाप रेसियो १: ०.८२राखिने सम्झौता भएको थियो।  

संयुक्त सञ्चालक समितिको बिहीबार (जेठ ११ गते) बसेको बैठकले उक्त सेयर स्वाप रेसियोमा यी दुवै लघुवित्त मर्जर हुने निर्णय गरेको छ र अब नेसनल माइक्रोफाइनान्सको १०० कित्ता सेयरबराबर समिट लघुवित्तको ७३ कित्ता सेयर कायम हुनेछ। 

Comments

Back to top