स्यामुअल वाल्टनः खुद्रा ब्यापारको महारथी, जो आफै दुध दोहेर बेच्थे र, पत्रिका घर-घर पुर्याउँथे

 

 स्यामुअल वाल्टन अमेरिकी उद्योगपतिले सानो किराना पसललाई बिश्वकै ठूलो ‘वालमार्ट सुपरमार्केट चेन’को रुपमा बिकसित गरे । सन् १९२९ देखि १९३९ सम्म कायम रहेको अमेरिकी आर्थिक मन्दीको समयमा हुर्केका वाल्टनले २३ अर्ब अमेरिकी डलरसम्म कमाए ।

उनले शुरुवाती दिनहरुमा गुजारा चलाउन निकै संर्घष गरेका थिए । उनी गाइको दुध दुहुन्थे र घरमा खपत भएर बचेको दुध घर–घर लगेर बेच्थे । त्यसपछि उनले त्यही रुटमा पत्रिका पनि बेच्न थाले ।

उनले आफ्ना कलेजका दिनहरुमा उनी केही समय रेष्टुराँमा काम गर्ने र त्यसको सट्टा खाना खाने गर्थे । उनले कलेज सकेपछि अमेरिकी आर्मीमा जागिर खाए र, दोस्रो विश्वयुद्ध लडे ।

२६ बर्षको उमेरदेखि भने आफ्ना स्टोरहरुको ब्यवस्थापनमा लागे । उनले पहिलो स्टोरको लागि ऋण लिए र केही सृजनशील प्रयोगहरु गरे । त्यसले यस्तो राम्रो ब्यापार गर्यो कि तुरुन्तै अर्को स्टोर खोले । तेस्रो बर्षसम्म आइपुग्दा त उनी दैनिक लाखौं डलरको ब्यापार गर्ने भैसकेका थिए ।

फोब्र्सले वाल्टनलाई सन् १९८२ देखि १९८८ सम्म सबैभन्दा धनी अमेरिकीको रुपमा सुचिकृत ग¥यो । उनले सन् १९९२ मा मृत्युवरण गर्नु अघिसम्म वालमार्टले १९ सय ६० वटा स्टोरहरु खोलिसकेको थियो भने ३ लाख ८० हजार मानिसलाई रोजगारी दिएको थियो र, बार्षिक कारोबार ५० अर्ब डलर नाघिसकेको थियो ।

Comments

Back to top