अजोड र युनाइटेड इन्स्योरेन्सले जेठ १४ बाट एकीकृत कारोबार सुरु गर्ने !

अजोड र युनाइटेड इन्स्योरेन्सले यही जेठ १४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। 

नेपाल बीमा प्राधिकरणले जेठ २ गते, कम्पनी कम्पनी रजिस्ट्रार कार्यालयले जेठ ८ गते र नेपाल धितोपत्र बोर्डले जेठ ९ गते अन्तिम स्वीकृति प्रदान गरे पश्चात अब यस कम्पनी ‘युनाइटेड अजोड इन्सुरेन्स’को नामबाट एकीकृत कारोबार हुने भएको छ। यी दुवै कम्पनीले गत वैशाख २५ गते बसेको विशेष साधारणसभाले युनाइटेड र अजोड इन्स्योरेन्सबीचको मर्जर प्रक्रियालाई स्वीकृत गरिसकेको छ। मर्जरपछि ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्नेछन्। 

युनाइटेड र अजोड इन्स्योरेन्स सेयर स्वाप रेसियो १००ः८२.५ मर्ज भएका हुन्। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको सुन्धारामा रहनेछ। 

Comments

Back to top