छिमेक लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत !

नेप्सेमा छिमेक लघुवित्तको ५१ लाख १३ हजार २० कित्ता बोनस सेयर सूचीकृत भएको छ।  लघुवित्तले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजीको २२ प्रतिशत बोनस सेयर दिएको थियो। 

 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि २१ औं वार्षिक साधारणसभा चैत १० गते बोलाएको थियो । पुस २७ गते बसेको सञ्चालक समितिको २८२ औँ बैठकले चुक्ता पुँजीमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । लघुवित्तले २.३२ अर्ब चुक्ता पुँजीको २२ प्रतिशत बोनस शेयर रु ५१.१३ करोड  र ३.२६ प्रतिशत  बराबरको  रु ७.५७ करोडको नगद लाभांश (कर सहित) प्रस्ताव गरिएको थियो ।

सोही बोनस शेयर नेप्सेमा सूचीकृत छन् ।

Comments

Back to top