अजोड इन्स्योरेन्स लिमिटेडको सेयर संरचना परिवर्तन
अजोड इन्स्योरेन्स लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । नेप्सेले कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो ।
कम्पनीको हालसम्म सूचीकृत कुल एक करोड कित्ता सेयरमध्ये साविक संस्थापक र सर्वसाधारण समुहको सेयर हिस्सा क्रमशः ७० र ३० प्रतिशतको अनुपातमा कायम रहेकोमा नेप्सेले कम्पनीको पत्रानुसार हाल ५१ र ४९ प्रतिशत अनुपातमा कायम गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको संस्थापक र सर्वसाधारण समुहको सेयर हिस्सा क्रमशः ५१ः४९ अनुपातमा कायम हुनेगरी संस्थापक समूहको १९ लाख कित्ता सेयर जेठ १० गतेको निर्णयअनुसार सर्वसाधारण समूहमा अभिलेख राखी सोही समूहअन्तर्गत कारोबार हुन योग्य भएको छ ।
Comments