सेयर बजार १६‍.४९ अंकले बढ्याे, प्रतिरोध कहाँ ?

साताको चौथो काराेबार दिन बुधबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । आजको वृद्धि पश्चात नेप्सेमा लगालग ७ दिनको वृद्धि  भएको छ।  बुधबार नेप्से सूचक १६‍.४९ अंकले बढेर १९५९‍.१२  विन्दुमा कायम भएको छ ।

बैंकहरुको ब्याजदर अझै घट्ने संकेत देखिएपछि दुई दिनयता सेयर बजारमा रौनकता छाएको छ । अझै आउन लागेको बजेटमा पनि लगानीकर्ताको माग सम्वोधन हुनेमा लगानीकर्ता ढुक्क रहेको र त्यसैका कारण लगानीकर्ताको मनोबल पनि उच्च रहेको अनुमान लगाउन सकिन्छ।  

बजारमा भने लगानीकर्ताले १९७५ देखि १९८५को एरिया सम्म उच्च सतर्कता अपनाउनु पर्ने देखिन्छ।  बजारमा अब करेक्सन आए १९००को एरियाले सपोर्ट दिने देखिन्छ।  

नेप्सेमा सूचीकृत २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँकाे कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये बुधबार फाइनान्स, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ ।

Comments

Back to top