नेप्सेमा केही अंकको वृद्धि, कारोबार रकम १ अर्ब ८७ करोड ३० लाख!
आज बुधबार १६.४९ अङ्कले बढेर ०.८५% वृद्धिका साथ नेप्से परिसूचक १९५९.१२ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७० कम्पनीमध्ये १३१ कम्पनी उकालो लागेका छन्, ८३ कम्पनी ओरालो लागेका छन् भने ७ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा आत्मनिर्भर लघुवित्त रहेको छ जसको १० % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सानिमा इक्विटी फण्ड छ जसको सेयर मूल्य ३.७७% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा र भोल्यूममा शिवम सिमेन्ट्सको कारोबार भएको छ।
Comments