धितोपत्र बोर्डले दियो ७ नयाँ ब्रोकरलाई लाइसेन्स !!

नेपाल धितोपत्र बोर्डले आशयपत्र दिएको ४३ मध्ये ७ वटा धितोपत्र दलाल व्यवसायीलाई इजाजतपत्र दिएको छ । सेबोनमा ४६ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका थिए भने बोर्डले ४३ वटालाई भौतिक पूर्वाधार निर्माण गर्न आशयपत्र (एलओआई) दिएको थियो। सेबोन सञ्चालक समितिको सोमबार बसेको बैठकले ७ वटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितण गर्ने निर्णय गरेको सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिएका हुन।  

ब्रोकर लाइसेन्स पाउनेमा काठमाण्डौको अनामनगरस्थित भोले गणेश सेक्युरिटिज, ज्ञानेश्वरस्थित क्यापिटल म्याक्स सेक्युरिटिज, डिल्लीबजारस्थित हिमालयन ब्रोकरेज, नक्सालस्थित सन सेक्युरिटिज, हात्तीसारस्थित मियो सेक्युरिटिज, ढल्कुस्थित सेयरप्रो सेक्युरिटिज र नागपोखरीस्थित प्रोपर्टी विजार्ड लिमिटेड रहेका छन्।

Comments

Back to top