नेप्सेमा हरियाली कायमै !

१८९१.३७मा ओपेनिङ्ग दिएको नेप्सेमा बुलिश मारबोजु क्यान्डल स्टिक बन्दै बजारले १९४२.६३मा क्लोजिङ्ग दिएको छ।  चलिरहेको ट्रेन्ड लाइनबाट हिजो ब्रेक आउट आए पश्चात बजारमा लगानीकर्ता निकै हर्षित भएको आजको क्यान्डलले देखाउछ।  कारोबार रकम आज बढेर २ अर्ब २० करोड पुगेको छ भने बजारले ५० दिनको मुभिङ्ग एभरेजबाट पनि ब्रेक आउट दिन सफल भएको छ जसलाई एउटा सकारात्मक सङ्केतको रुपमा लिन सकिन्छ।  
२२७८ देखि १८०७सम्मको फ़िबोन्याचि रिट्रेस्मेण्ट लगाउने हो भने 0.३८२को बिन्दु १९८७मा देखिन्छ।  यो एरियामा २०० दिन को मुभिङ्ग एभेरेज पनि पर्दछ जसका कारण यस एरियाबाट सप्लाई आउन सक्ने सम्भावना देखिन्छ।  

Comments

Back to top