नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा !
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९६ हजार ८३३ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो लिलामी सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
संस्थापक सेयरधनीहरुले लिलामी सेयरका लागि काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या र प्रतिकित्ता दररेट खुलाई बोलपत्रको खरिद आवेदन ३५ दिनभित्र दिनुपर्नेछ।
Comments