सर्टटर्म ट्रेडर्सको लागि गज्जबको ब्रेक आउट !
करेक्टीभ मुडमा ओपेनिङ्ग गरेको नेप्सेले कारोबार समयको पहिलो घण्टामा १८६६सम्मको लो बनाएता पनि पछिल्लो समयमा खरिदकर्ताहरु सक्रिय हुदा बजारले ८.११ अङ्क हासिल गरेर १८९१.३१मा क्लोजिङ्ग दिएको छ।
यसैसँगै बजारले २२७७को हाइ बनाए यताको ट्रेन्ड लाइन ब्रेक गरेको छ। बजारमा आज आएको सप्लाईलाई खरिद चापले अवशोषण गर्न सफल भएका करणले पनि बजारले अब १९८०-२०००को बिन्दु टेस्ट गर्न जाने आनुमन लगाउन सकिन्छ।
अघिल्लो दिनको तुलनामा भने आज साेमबार कारोबार रकम घट्न पुगेको छ । साेमबार सेयर बजारमा ३४ लाख ९५ हजार ७५२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २७ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ। सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ। सोल्टी होटलको ६ करोड १७ लाख, ओरियन्टल होटलको ५ करोड ३९ लाख, एनआईसी एसिया बैंकको ४ करोड ८३ लाख र राष्ट्रिय बिमा कम्पनीको ४ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । साेमबार सेयर बजार बढेसँगै आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा साेमबार पनि सर्किट लागेको छ । युनिलिभर नेपाल लिमिटेड, गुडविल फाइनान्स लिमिटेड, सामुदायिक लघुवित्त, मायाखोला हाइड्रोपावर लगायतका अन्य कम्पनीहरुको सेयर मूल्य बढेको छ ।
Comments