नेप्सेमा केही अंकको वृद्धि, कारोबार रकम १ अर्ब २७ करोड ८७ लाख!

आज सोमबार ८.१० अङ्कले बढेर ०.४३% वृद्धिका साथ नेप्से परिसूचक १८९१.३१ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७२ कम्पनीमध्ये १३३ कम्पनी उकालो लागेका छन्, ७८ कम्पनी ओरालो लागेका छन् भने १० कम्पनी स्थिर रहेका छ।


कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा आत्मनिर्भर लघुवित्त रहेको छन् जसको १० % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा ग्रीन लाइफ हाईड्रोपावर छ जसको सेयर मूल्य ७.३७% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा शिवम सिमेन्ट्सको र भोल्यूममा सोल्टी होटलको कारोबार भएको छ। 

Comments

Back to top