नेप्से इन्ट्राडे अपडेट: केही अंकको गिरावट!

आज सोमबार नेप्से बजार ७.३० अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८७५ को नजिक आएको छ। ७.३० अङ्कले घटेर नेप्से परिसूचक १८७५.९१ मा आएको हो। आज २ घण्टामा लगभग ४३ करोड २३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा आत्मनिर्भर लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा ग्रीन लाइफ हाईड्रोपावर रहेको छ। 

Comments

Back to top