अरुण भ्यालीले पायो शतप्रतिशत हकप्रद जारी गर्न स्वीकृति
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले १०० प्रतिशत हकप्रद सेयर ल्याउने पूर्व स्वीकृति पाएको छ। कम्पनीले जेठ ५ गते विद्युत नियमन आयोगबाट शतप्रतिशत (१:१)हकप्रद जारी गर्ने स्वीकृति पाएको हो।
कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार रहेको छ भने हकप्रद जारीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार पुग्ने छ।
Comments