४ कम्पनिको बोनस सेयर नेप्सेमा सुचिकृत !
एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्तको गरि कुल ३२ लाख १७ हजार ७२१.५६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
एनएलजी इन्स्योरेन्सको १० प्रतिशत दरका १३ लाख २६ हजार ६१४.३६ कित्ता, लक्ष्मी लघुवित्तको १५ प्रतिशत दरका ५ लाख ७६ हजार ८१ कित्ता, इन्फिनिटी लघुवित्तको २० प्रतिशत दरका ८ लाख २९ हजार २६.५६ कित्ता र सबैको लघुवित्तको १८ प्रतिशत दरका ४ लाख ८६ हजार कित्ता सेयर सूचीकृत भएको छ ।
यस कम्पनीका सेयर सेयरधनीको डिम्याट खातामा आए पछि खरिद बिक्री गर्न सकिने छ ।
Comments