आज बनेको क्यान्डल स्टिकको साइकोलोजी कस्तो ?
१८७८.६८मा ओपेनिङ्ग भएको नेप्सेमा करिब १९०३बिन्दु सम्म इन्ट्राडे हाइ बनेता पनि सो एरियाबाट आएको विक्री चापलाई थेग्न नसक्दा बजारले जम्मा ५.८८अंकको वृद्धि सहित १८८३.२० क्लोजिङ्ग गरेको छ।
हरियोमा बन्द भएको यस इनभर्स ह्याम्मर जस्तो जस्तो देखिने क्यान्डलको साइकोलोजी नियाल्ने हो भने बजारमा हाइयर रेञ्जमा खरिद गर्न चाहने लगानीकर्ता रहेको र बजारले माथिकै यात्रा तय गर्छ भन्ने विश्वास रहेको या लगानीकर्तामा हाल मनोबल उच्च रहेको बुझ्न सकिन्छ। बजारमा १ बजे देखि २ बजे सम्म करेक्सनको शृंखला चलेको थियो र सो समयको कारोबार रकम जम्मा ३६ करोडको हाराहारीमा रहेको थियो। अन्तिम एक घण्टामा बजारले रेकभारी गरेको देखिन्छ साथसाथै कारोबार रकममा पनि वृद्धि (करिब ४३ करोड) भएको देखिन्छ।
आज बनेको क्यान्डल स्टिक र जनावरी १, २०२३मा बनेको क्यान्डल स्टिकको प्रकृति उस्तै रहेको देख्न सकिन्छ। जनवरीको सो क्यान्डल बने पश्चात बजारमा करिब १० प्रतिशतको वृद्धि भएको देख्न सकिन्छ।
यद्यपि बजारमा घट्ने शृंखला चलिराखे बजारले १८५०को एरियामा सपोर्ट लिनुपर्ने हुन्छ। बजार यस एरियाबाट नफर्के बजारमा नँया "लो" बन्न सक्ने देखिन्छ। बजारले माथिको यात्रा तय गरे अबको प्रतिरोध १९८०को एरियामा रहेको देखिन्छ।
Comments