अजोड इन्स्योरेन्स लिमिटेडको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन हुने !

अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन भएको छ। 

इन्स्योरेन्सले सेयर स्वामित्व परिवर्तन गर्दै संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गरेको हो। यसअघि कम्पनीमा संस्थापक समूहको ७० र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व थियो। 

कम्पनीको गत मंसिर ९ गतेसम्म विशेष साधारणसभाले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। कुल १ करोड कित्तामध्ये संस्थापकको नाममा ५१ लाख कित्ता र सर्वसाधारणको नाममा ४९ लाख कित्ता अभिलेख गरिएको सेबोनले जनाएको छ। 

Comments

Back to top