नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम १ अर्ब ६० करोड ४ लाख!
आज आइतबार ५.८८ अङ्कले बढेर ०.३१% वृद्धिका साथ नेप्से परिसूचक १८८३.२० अङ्कमा बन्द भएको छ। कारोबार भएका २७३ कम्पनीमध्ये ११५ कम्पनी उकालो लागेका छन्, १३ कम्पनी ओरालो लागेका छन् भने १३ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका ९ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा राष्ट्रिय बीमा कम्पनी रहेको छन् जसको १० % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा आदर्श लघुवित्त रहेको छ जसको सेयर मूल्य ६.५६% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा शिवम सिमेन्ट्सको र भोल्यूममा हिमाल दोलखा हाईड्रोपावरको कारोबार भएको छ।
Comments