नेप्से इन्ट्राडे अपडेट: केही अंकको वृद्धि !

आज आइतबार नेप्से बजार १८.४७ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८९५ को नजिक आएको छ। १८.४७ अङ्कले बढेर नेप्से परिसूचक १८९५.७९ मा आएको हो। आज २ घण्टामा लगभग ८१ करोड १३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा राष्ट्रिय बीमा कम्पनी रहेको  छ  जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा आदर्श लघुवित्त रहेको छ। 

Comments

Back to top