२८ वर्षीय रसेलले फोर्ब्सको ८२ प्रतिशत शेयर किने, ८०० मिलियन डलरको सम्झौता

लुमिनार टेक्नोलोजीजका अर्बपति सीईओ अस्टिन रसेलले फोर्ब्स पत्रिका प्रकाशित गर्ने कम्पनी 'फोर्ब्स ग्लोबल मिडिया होल्डिङ्स' मा ८२ प्रतिशत शेयर खरिद गर्ने घोषणा गरेका छन्। रसेल २८ वर्षका मात्र भए। यो सम्झौता ८०० मिलियन डलरमा भएको हो। 

यसका साथै, कम्पनीको बाँकी १८ प्रतिशत शेयर फोर्ब्स परिवारको स्वामित्वमा रहने भएकाे छ। विज्ञप्ति अनुसार रसेलको कम्पनी फोर्ब्स ब्रान्डको दैनिक कार्यमा संलग्न हुने छैन। उनले फोर्ब्स अमेरिकी मिडिया, प्रविधि र एआई विशेषज्ञहरूसँग नयाँ बोर्ड नियुक्त गर्ने योजना बनाएका छन्।

यसैगरी, फोर्ब्स मिडियाका अध्यक्ष र सम्पादक स्टीव फोर्ब्स कम्पनीसँग संलग्न रहनेछन्।

Comments

Back to top