लिबर्टी इनर्जी कम्पनी लिमिटेडले सार्वजनिक गर्यो आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक प्रतिवेदन !

लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लिबर्टी इनर्जी कम्पनी लिमिटेडले ७.९९ करोड खुद घाटा बेहोरेको छ।  गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले रू. १.९९ करोड मात्र घाटा बेहोरेको थियो।  समिक्षा अवधी सम्म जलविद्युत् कम्पनीले विद्युत बिक्रीबाट रु.१३.११ करोड आम्दानी गरेको छ।  यसैबीच कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ६५.२३ प्रतिशतले घटेर रु.५७.०५ लाखमा सिमित गरेको छ।

लिबर्टी इनर्जी कम्पनी लिमिटेडको चुक्ता पुँजी रु.१.५० अर्ब रहेको छ भने कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) अनुपात ऋणात्मक रु. -५.३३  र प्रति सेयर नेट वर्थ रु.८३.०३ रहेको छ। 

Comments

Back to top