प्रभु लाइफ र महालक्ष्मी लाइफबीचको मर्जर प्रक्रिया पारित हुने

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकैदिन साधारणभा डाकेका छन्।  जेठ २६ गते प्रभु लाइफको विशेष साधारणसभा र महालक्ष्मी लाइफको पाँचौँ वार्षिक साधारणसभा डाकिएको हो। 
दुवै कम्पनीको सभाले प्रभु लाइफ र महालक्ष्मी लाइफबीचको मर्जर प्रक्रिया पारित गर्नेछ। मर्जरपश्चात कम्पनकिो नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ रहने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले १०० प्रतिशत (१ः१) सेयर स्वाप रेसियोमा गाभिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

Comments

Back to top