डिप्रोक्स लघुवित्तले पायो आदर्श लघुवित्त एक्वीजिशनको अन्तिम स्वीकृति
डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ती गर्न नियामक निकाय नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेको छ ।
चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्स र काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्तबीच २०७९ असोज १४ मा एक्विजिसन गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
फागनु ३० गते भएको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभाले डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तको सेयर स्वाप अनुपात १ः१ कायम गर्ने, अन्तिम समझदारी गर्ने प्रस्ताव पारित गरेको थियो । दुबै वित्तीय संस्था एक भएपछि यस संस्थाको चुक्ता पुँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार १६६ रूपैयाँ र नेटवर्थ २ अर्ब ९३ करोड ४६ लाख ५७ हजार ६२७रूपैयाँ पुग्नेछ ।
Comments