सिटी होटलको आईपीओ बाँडफाँड !
सिटी होटल लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँड गरिएको छ।
होटेलको आईपीओ गत वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो आईपीओमा १० लाख ९२ हजार ६६७ आवेदकबाट कुल १ करोड १८ लाख ९५ हजार ३७०० कित्ता सेयर माग भएको छ। जसमा १० लाख ८७ हजार ६७५ आवेदकबाट परेको १ करोड १८ लाख ३३ हजार ७१० कित्ता सदर भएको छ भने ४ हजार ९९२ आवेदकबाट परेको ६१ हजार ६६० कित्ता बदर भएको छ।
१ लाख ३५ हजार ५९४ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ९ लाख ५२ हजार ८१ आवेदकको हात खाली भएको छ।
Comments