लाल्टिन साप्ताहिक समिक्षा: यस साता पनि ब्रोकर ५८का लगानीकर्ता शिवम् प्रति आकर्षित

निरन्तर घट्दो ट्रेन्डमा रहेको नेप्सेमा चार हप्ता पछाडी यस साता बढेर बन्द भएको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १८४०.४२ को बिन्दुमा खुलेको नेप्से ३८.७३ (२.११ प्रतिशत)ले बढ्दा साताको अन्तिम कारोबार दिन बिहिबार सूचक १८७७.३२ को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ। 
नेप्से उप-समुह (Sub-Index)


यस साताको टप गेनर्स (Top Gainers)


यस साताको टप लुजर्स (Top Losers)


यस साताको टप खरिद भएका कम्पनी (Top Bought)


यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)


प्राविधिक विश्लेषण

यस साताको क्लोजिंग पनि मिडल ब्याण्ड भन्दा तल नै रहेको छ। एमएसिडि लाईन यस साता -४६.४१ बाट घटेर -४६.४३मा आएको छ र हिस्टोग्राम यो साता बढेर -१४.१४  बाट -११.३३ मा पुगेको छ जसले बजारमा बिक्रि चाप घटेको देखिन्छ।  जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन घटेर -३५.१ मा आएको छ। +१४ डिएमआई लाईन अहिले १७.४८ मा रहेको छ भने  -१४ डिएमआई लाईन २५.०७ मा रहेको छ। ए.डी.एक्स १४.३४ मा रेहको छ जसले अहिले सम्मको ट्रेन्डको स्ट्रेन्थ निकै कम भएको जनाउछ। आरएसआइ ३८.४४ बाट बढेर ४२.३६मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी बढ्न थालेको देखिन्छ ।
बजारमा अर्को सपोर्ट बोलिंगेरको लोवर ब्याण्ड करिब १८००-१८१० को एरियामा देखिन्छ भने अबको प्रतिरोध बोलिङ्गेरको मिडल ब्याण्ड २०००-१९७५ मा रहने छ। 
एडीएक्स २० भन्दा मुनि रहेसम्म बजारमा कुनै पनि ट्रेन्डको स्ट्रेन्थ नरहेको बुझ्न सकिन्छ। 

Comments

Back to top