सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको कारोबार आइतबारबाट

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार आइतबारबाट दोस्रो बजारमा खुल्ने भएको छ। 

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड (RLI) र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SLI) बीच सफल मर्जरपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड (SRLI) को ४१,८४०,००० शेयर नेप्सेमा सूचिकृत भएका छन् । एसएलआई र आरएलआईले असार २९, २०७९ मा एक अर्कासँग मर्जर सम्झौतामा हस्ताक्षर गरेको थियो। कम्पनीले १:१ को स्वैप अनुपातमा मर्जर सम्झौता गरेको थियो।

नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता ३९१.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ। 

Comments

Back to top