मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत

मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) को ११,१५,७३३.६६४८ इकाई बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले पुस २७ गते १७औं वार्षिक साधारणसभा गरेको थियो र आर्थिक वर्ष २०७८/७९ का लागि १३ प्रतिशत लाभांश पारित गरेको थियो । मंसिर १९, २०७९ मा बसेको सञ्चालक समितिको २२४औँ बैठकले चुक्ता पुँजीमा १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले १२.३५% बोनस शेयर रु. ११,१५,७३,३६६.६७ र ०.६५% नगद लाभांश (कर सहित) रु ५८,७२,२८२.४६ प्रस्ताव गरिएको थियो ।

सोही बोनस सेयर अहिले नेप्सेमा सूचीकृत भएको छ । 

Comments

Back to top