नेप्सेमा करिब एक महिना पछि बन्यो लगालग तीनवटा बुलिश क्यान्डल

साता अन्तिम कारोबार दिन आज नेप्सेमा ३२.३१ अङ्कको वृद्धि भएको छ।  आजको वृद्धि संगै नेप्सेमा लगालग तिनदिन करिब ३ अङ्क, २३ अङ्क  र आज ३२ अङ्क  को वृद्धि भएको हो।  यस संगै बजारमा कारोबार रकमको पनि वृद्धि देखिरहेको छ।  गएका तीन  दिनमा कारोबार रकम ६४ करोडबाट बढेर एक अर्ब ४७ करोडसम्म पुगेको छ।  बजारको वृद्धि संगै कारोबार रकममा आउने वृद्धिले बजार सकारात्मक रहेको बुझ्न सकिन्छ।  
बजारलाई अब सामान्य प्रतिरोध १९१०को एरियामा रहेको देखिन्छ भने बजारको महत्तोपुर्ण प्रतिरोध १९६५ देखि १९८५को जोनमा रहेको देखिन्छ।  बजारले घट्ने क्रम देखाएको खण्डमा १८३३लाई स्टपलसको रुपमा लिनु उचित देखिन्छ।  

Comments

Back to top