नेप्सेमा भारीअंकको वृद्धि, कारोबार रकम १ अर्ब ४७ करोड ४७ लाख!
आज बिहीबार ३२.३० अङ्कले बढेर १.७५% वृद्धिका साथ नेप्से परिसूचक १८७७.३२ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६४ कम्पनीमध्ये २०४ कम्पनी उकालो लागेका छन्, ११ कम्पनी ओरालो लागेका छन् भने ४ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा हिमालयन उर्जा र आत्मनिर्भर लघुवित्त रहेका छन् जसको १० % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा एन आइ बि एल ग्रोथ फण्ड रहेको छ जसको सेयर मूल्य ३.१४% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा नेपाल दूरसंचार कम्पनी र भोल्यूममा शिवम सिमेन्ट्सको कारोबार भएको छ।
Comments