इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सार्वजनिक गर्यो तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले १ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। संस्थाको एनपीएल बढेर १४.०४ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल ३.६९ प्रतिशत रहेको थियो।
चुक्तापुँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३.७० रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ३१.७३ रुपैयाँ थियो। संस्थाको मूल्य आम्दानी अनुपात २२१.०६ गुणा रहेको छ।
Comments