बजारले बुलिश लय समाउन खोज्दै !
१८२१.५४मा ओपेनिङ्ग भएको नेप्सेमा २३.४१ अङ्क वृद्धि हुदा सुचाक १८४५.०१को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ। बजारमा लगालग दुइवाट हरियो क्यान्डल बनेको २५ अप्रिल २०२३ बाट यो पहिलो चोटी हो। बजार बढ्दै जादा क्रमश बजारमा कारोबार रकम पनि बढ्दै गएको देखिन्छ। बजारमा नजिकको प्रतिरोध अब १९०७को बिन्दुमा देखिन्छ भने सपोर्ट १८०७को बिन्दुमा देखिन्छ। अर्थतन्त्रमा देखिरहेको क्रमिक सुधारका कारणले बजारमा केहि समुह मिलेर जबर्जस्ति प्यानिक सेलिङ्ग नगराएसम्म बजारले १८००को बिन्दु ब्रेक नगर्ने अनुमान लगाउन सकिन्छ।
घट्दो व्याजदरको श्रंखला चलिरहदा बजारमा बिस्तारै पैसाको सप्लाई बढ्दै जाने र साथ साथै सेयर बजार पनि बढ्दै जाने देखिन्छ।
Comments