नेप्सेमा भारीअंकको वृद्धि, कारोबार रकम ८५ करोड ७६ लाख!

आज बुधबार २३.३९ अङ्कले बढेर १.२८% वृद्धिका साथ नेप्से परिसूचक १८४५.०१ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६६ कम्पनीमध्ये १८७ कम्पनी उकालो लागेका छन्, २५ कम्पनी ओरालो लागेका छन् भने ७ कम्पनी स्थिर रहेका छ।

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा आत्मनिर्भर लघुवित्त रहेको छ जसको ९.९९ % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा माइखोला हाईड्रोपावर रहेको छ जसको सेयर मूल्य ७.९३% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा र भोल्यूममा शिवम सिमेन्ट्सको  कारोबार भएको छ। 

Comments

Back to top