बजारमा आइपीओ मेनिया सकिएकै हो त ?
कारोबार हुन थालेको दोस्रो दिन माई खोला हाइड्रोपावरको पहिलो ३० मिनेटमै करिब -८% गिरावट भएको छ। मंगलबार देखि कारोबार भएको यस कम्पनिको सेयर भाउ २ दिनमै १८ प्रतिशत ओरालो लागेको हो।
यसै गरि हालै सुचिकृत भएको सगरमाथा जल बिद्युत कम्पनी लिमिटेडले ३३४ रुपियामा ओपेनिङ्ग गरे पश्चात करिब ३५ प्रतिशत गुमाएको छ। मकर जित्युमाया सुरी हाइड्रो पावर पनि ७ मई २०२३मा सुचिकृत भए पश्चात हाल सम्म २० प्रतिशत गुमाइ सकेको छ।
उता स्थानीय बासिन्दाका लागि सार्वजनिक गरिएको घोराही सेमेन्ट इण्डस्ट्रिजको कुल इकाई मध्ये ५ प्रतिशत मात्र बिक्रि भएको छ।
Comments